नेपाल क्रिकेट संघको महाप्रवन्धकमा उत्सव ढुंगाना

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन्।

क्यानले सन् २०२४ को लागि ढुंगानालाई क्यानको प्रशासनको जिम्मा दिने निर्णय गरेको हो।

यसअघि गत असारमा अध्यक्ष चतुरबहादुर चन्दसँग विवाद भएपछि तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएका थिए।

त्यसपछि आह्वान गरेको सूचनामार्फत् महाप्रन्धकको सर्टलिस्ट गरे पनि क्यानको नयाँ कार्यसमितिले अर्कै सूचना निकालेको थियो

दोस्रो पटकको सूचनामार्फत क्यानले नयाँ महाप्रवन्धकमा ढुंगानालाई नियक्त गरेको हो। अब यो निर्णयलाई कार्यसमितिबाट पास गर्नु पर्नेहुन्छ।

महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल थिए।

सुरुमा ६८ जनाको निवेदन परेको थियो। १४ जनाको सर्टलिस्ट गरेर लिखित परीक्षा लिएपछि ७ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो। जसमा कार्ययोजना समेत प्रस्तुत गर्न लगाइएको थियो। .

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...