नेपाल क्रिकेट संघको महाप्रवन्धकमा उत्सव ढुंगाना

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन्।

क्यानले सन् २०२४ को लागि ढुंगानालाई क्यानको प्रशासनको जिम्मा दिने निर्णय गरेको हो।

यसअघि गत असारमा अध्यक्ष चतुरबहादुर चन्दसँग विवाद भएपछि तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएका थिए।

त्यसपछि आह्वान गरेको सूचनामार्फत् महाप्रन्धकको सर्टलिस्ट गरे पनि क्यानको नयाँ कार्यसमितिले अर्कै सूचना निकालेको थियो

दोस्रो पटकको सूचनामार्फत क्यानले नयाँ महाप्रवन्धकमा ढुंगानालाई नियक्त गरेको हो। अब यो निर्णयलाई कार्यसमितिबाट पास गर्नु पर्नेहुन्छ।

महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल थिए।

सुरुमा ६८ जनाको निवेदन परेको थियो। १४ जनाको सर्टलिस्ट गरेर लिखित परीक्षा लिएपछि ७ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो। जसमा कार्ययोजना समेत प्रस्तुत गर्न लगाइएको थियो। .

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...