युरो २०२० मा आज इटली विरुद्ध वेल्स, दोस्रो खेलमा टर्कीसंग स्विजरल्याण्ड मैदान उत्रदै

६ असार काठमाडौं । युरोकप २०२० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात् राति ९:४५ बजे सुरु हुनेछ।

इटलीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । वेल्सविरुद्ध जित वा बराबरीले इटली समूह विजेता बन्नेछ । यस्तै बराबरीले वेल्सलाई पनि नकआउट चरणमा पुर्‍याउनेछ तर इटलीविरुद्ध जित हात पारे वेल्स समूह विजेता बन्नेछ।

इटलीले यसअघि घरेलु मैदानमा दुई खेल जितिसकेको छ । उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गरेको इटलीले त्यसपछि दोस्रो खेलमा स्विट्जरल्याण्ड पनि सोही नतिजामा हराएको थियो । सन् २०१८ सेप्टेम्बर यता इटली २९ खेलसम्म अपराजित छ।

उता वेल्सले पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई ३-० ले हराएको थियो । वेल्स इटलीसँग पराजित भए पनि अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई हराउन नसके वेल्स समूह उप विजेता बन्नेछ ।

सन् २०१६ मा डेब्यु गर्दै सेमिफाइनलसम्म पुगेको वेल्स यस पटक पनि त्यही उपलब्धि दोहोर्‍याउने लक्ष्यमा छ।

इटली र वेल्स ठूलो प्रतियोगितामा पहिलो पटक भिड्न लागेका हुन । यसअघि यी दुईबीच ९ खेल हुँदा इटलीले ७ खेल जितेको छ भने वेल्सले २ खेल जितेको छ।

अर्कोतर्फ बाकु ओलम्पिक स्टेडियममा भिड्दा स्विट्जरल्याण्ड र टर्की निश्चित जितका लागि खेल्नेछन् । स्विट्जरल्याण्डको २ खेलबाट जम्मा १ अंक छ भने टर्की अंकविहीन छ ।

त्यसैले अगाडिको यात्रा तय गर्न जितको विकल्प छैन । स्विट्जरल्याण्डले टर्कीलाई हराउन सके र वेल्स इटलीसँग पराजित भए स्विट्जरल्याण्ड समूह उपविजेता बन्नेछ । यदि स्विट्जरल्याण्डले खेल जितेमा अनि वेल्सले इटलीसंँग जित वा बराबरी खेलेमा स्विट्जरल्याण्डले तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट राउण्ड पुग्नेछ ।

उता टर्कीको लागि झिनो सम्भावना कायम राख्न स्विट्जरल्याण्डलाई हराउनै पर्नेछ । जसले टर्कीको ३ अंक हुनेछ र अगाडिको यात्रा तेस्रो हुने टिमहरुको अंकको आधारमा छिनोफानो हुनेछ।

टर्की र स्विट्जरल्याण्ड युरोकपमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि सन् २००८ मा स्विट्जरल्याण्ड सहआयोजक हुँदा टर्की २-१ ले विजयी भएको थियो ।

समग्रमा अहिलेसम्म १५ खेल हुँदा टर्कीले ८ खेल जितेको छ । स्विट्जरल्याण्डले ४ खेल जित्दा ३ खेल बराबरी भएको थियो ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...