रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिद्धारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सुदूरपश्चिमका महामन्त्री र उपसभापति दुबैले पदबाट राजीनामा दिएका छन्।

महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका छन्। जोशीले पार्टीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्। जोशीको राजीनामा पछि महामन्त्रीको जिम्मेवारी पारश बाहुनलाई दिइएको छ। रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले समय दिन नसक्ने भन्दै जोशीले राजीनामा दिएपछि पार्टीको महामन्त्रीको जिम्मेवारी बाहुनलाई दिइएको बताए।

बिष्टकाअनुसार पार्टीकी प्रदेश उपसभापति महराले समेत पदबाट राजीनामा दिएकी छन्। उनले पनि पार्टीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएकी हुन्। उनको ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ। पदबाट राजीनामा दिएका जोशी र महराको पार्टीको प्रदेश सदस्य भने कायमै रहेको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...