रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिद्धारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सुदूरपश्चिमका महामन्त्री र उपसभापति दुबैले पदबाट राजीनामा दिएका छन्।

महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका छन्। जोशीले पार्टीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्। जोशीको राजीनामा पछि महामन्त्रीको जिम्मेवारी पारश बाहुनलाई दिइएको छ। रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले समय दिन नसक्ने भन्दै जोशीले राजीनामा दिएपछि पार्टीको महामन्त्रीको जिम्मेवारी बाहुनलाई दिइएको बताए।

बिष्टकाअनुसार पार्टीकी प्रदेश उपसभापति महराले समेत पदबाट राजीनामा दिएकी छन्। उनले पनि पार्टीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएकी हुन्। उनको ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ। पदबाट राजीनामा दिएका जोशी र महराको पार्टीको प्रदेश सदस्य भने कायमै रहेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...