ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाद्वारा मन्त्रीको गाडीमा आगजनी

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्रीको गाडीमा आगजनी गरेका हुन् ।

पहिला गाडीको हावा फुस्काएको र पछि तोडफोड गर्दै आगजनी गरेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रदर्शनरत युवाले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधन पनि रोकेका छन् । केही समययता ईपीएसको विषयलाई युवा आन्दोलित छन् ।

उनीहरुले ईपीएसको कार्यालयअगाडि प्रदर्शन गर्दै आएका हुन् । प्रदर्शनका कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन अस्तव्यस्त भएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...