मेयर हर्क साम्पाङले कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाए

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्।

उनले बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानको संघीय सरकारले महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए।

म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए। धरान उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर–१७ का वडा अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो कार्यकक्षबाट हटाएको बताए।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...