मेयर हर्क साम्पाङले कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाए

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्।

उनले बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानको संघीय सरकारले महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए।

म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए। धरान उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर–१७ का वडा अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो कार्यकक्षबाट हटाएको बताए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...