कैलालीको घोडाघोडी नगरपालिकामा ताला

कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा ताला लगाइएको छ। नगरपालिकाको वडा नम्बर ४ का स्थानीयले सडक कालोपत्र, नदीमा तटबन्ध र मनोमानी नदीजन्य पदार्थको कर सङ्कलन गरेको भन्दै ताला लगाएका हुन्।

उनीहरुले तीन बुँदे मागसहित वडा नम्बर ४ र नगरपालिकाको कार्यालयमा ताला लगाएका छन। वडा नम्बर ४ को सिमथरी चोकदेखि गैडाखेडासम्म कालोपत्र सडक, टेङ्गना नदीमा तटबन्ध र नदीजन्य पदार्थ सङ्कलनको ठेक्का पाएको कम्पनीले मनोमानी शुल्क लिएको भन्दै वडाका नागरिक आन्दोलित भएका हुन्। वडा र नगरपालिकाको कार्यालय घेराउ गर्दै उनीहरूले ताला लगाएका हुन ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...