वडा अध्यक्ष खेम धर्तिमगरले गरे अध्यक्ष सँग जेष्ठ नागरिक उपचार कार्यक्रम

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौर ले हिजो देखी वडा अध्यक्ष संग जेष्ठ नागरिक उपचार कार्यक्रम को सुरुवात गरेको छ ।

हिजो जेष्ठ नागरिक दिवसको अवसर पारेर उक्त कार्यक्रम को सुरुवात गरिएको थियो । सिमचौर स्वास्थ्य चौकिको सहकार्य र वडा कार्यलय को आर्थिक सहयोगमा उक्त कार्यक्रम को सुरुवात गरिएको हो । सो कार्यक्रम बाट बृद्धअबश्था मा रहेका अधिकांश नागरिकले सेवालिने अनुमान गरिएको छ । उक्त कार्यक्रम ३/३ महिनाकाे फरकमा गरिने समेत अध्यक्ष धर्तीमगरले बताए

कार्यक्रम को उदेश्य वडामा भएका
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न, स्वास्थ्य सम्वन्धी परामर्श दिने र अति आवश्यक औषधी पनि निशुल्क उपलव्ध गराउने गरिएको छ ’ अभियानको उद्देश्य रहेको वडाध्यक्ष घर्तिमगर बताउँछन् । उनले स्वास्थ्य परीक्षणका साथसाथै जेष्ठ नागरिकहरुलाई टोल बस्तीमै गएर सम्मान समेत गर्ने गरेको वताए । हिजोदेखी सुरुवात भएको कार्यक्रम पुष २२ गतेसम्म चल्नेछ ! वडाको हरेक बस्ती बस्तीमा जेष्ठ नागरिकहरुलाई जम्मा गरी आवश्यक सेवा प्रदान गरिने अध्यक्ष खेम धर्तिमगरले बताए ।

अहिले चिसो बढी भय सँगै जेष्ठ नागरिकहरुको स्वास्थ्यमा बढी समस्याहरु देखा पर्ने भएको हुँदा सो कार्यक्रम निकै प्रभावकारी हुने सेवाग्राही बताउँछन् ।

उक्त वडाका अध्यक्ष खेम धर्तिमगर ले बेला पाखा विभिन्न कार्यक्रम हरु आफ्नो वडामा सन्चालन गरिरहेका हुन्छन् ।उनी लोकपि्रय वडा अध्यमा पर्ने एक हुन ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...