दार्चुलामा घरमा आगलागी हुँदा ४ महिने शिशुको ज्यान गयो

घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुको ज्यान गएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडका रणविर टमटाको घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आज बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाको २ तले घरमा आगलागी भएको दार्चुलाका प्रहरी निरीक्षक  ( इन्स्पेक्टर ) गोविन्द भण्डारीले जानकारी दिएका छन । अहिले आगो निभाउने प्रयास भइरहेको बताएको छ  । 

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेका प्रहरीले जनाएको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...