खकुलो बनाइने निषेधाज्ञा, अब यस्तो हुनेछ स्मार्ट लकडाउन

काठमाण्डाै – मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।

‘अबको निषेधाज्ञा वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको हुन्छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो, ‘अब निषेधाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने सोच छ । नागरिकले मेरै लागि हो भनेर अपनत्व महसुस गर्ने गरी जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्ने र आफ्नो दैनिक काम गर्न सक्ने गरी निषेधाज्ञाका प्रावधान राख्न सकिन्छ ।’

अब ‘स्मार्ट लकडाउन’ हुने भनेर भनिए पनि यसबारे थाहा नभएको उहाँले बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि ‘स्मार्ट लकडाउन’बारे जानकारी नआएको तर अबको निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो हुने जानकारी दिनुभयो । 

सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधानलाई ‘स्मार्ट लकडाउन’ भन्ने बुझिए पनि सीसीएमसीमा छलफल भएको यो विषयबारे सरकारी निकायहरु नै बेखबर छन् । तर पनि अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ ।

सीसीएमसी प्रमुख बालानन्द शर्माका अनुसार ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर छलफल भइरहेको छ । तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उहाँले बताउनुभयो । लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषेधाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परिमार्जन गरी लागू गर्न लागिएको उहाँको भनाई छ ।

उदाहरणका लागि अहिले अत्यावश्यकबाहेक अरु सबैजसो क्षेत्र बन्द छन् । तर अब सबैजसो क्षेत्र खुल्नेछन् । तर ती क्षेत्रलाई दिन तोकेर वा बार अनुसार वा समय तोकेर खुलाइनेछ । जस्तै सरकारी कार्यालय हप्तामा तीन दिन खुलाउन सकिन्छ । आइतवार कार्यालय खुले अर्को दिन बिदा हुनेछ । त्यस्तै गाडीहरु एकै पटक सबै चल्ने छैनन् । थोरैथोरै सङ्ख्याका आधारमा चलाउँदै लैजानेबारे छलफल भइरहेको छ । एकैपटक जोर बिजोरमा जाँदा भएकामध्ये आधाजसो गाडी गुड्ने भएकाले अब सङ्ख्याका आधारमा खुलाउने तयारी छ ।

अहिले बिहान ११ बजेसम्म फलफूल तथा खाद्यान्न पसल खुलेका छन् । यसलाई ९ बजेसम्म या ११ बजेसम्म नै निरन्तर खुलाउने र ११ बजेपछि अरु पसलहरु खुलाइने तयारी छ । निषेधाज्ञाको अवस्थालाई मूल्याङ्कन गरी त्यसपछि अहिले ठप्प रहेका केही क्षेत्रहरु खुला हुनेछन् । ती खुल्ने क्षेत्रको पहिचान र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफलकै क्रममा छ ।

हाेमडेलिभरी तथा अनलाइन सपिङलाई प्राथमिकतामा राखिएको छ । जुनसुकै क्षेत्र खुले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सर्त कायम रहनेछ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...