धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट १३ मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २३ वर्षीय सुबास रानासहित दुई जना मंगलवार दिउँसो पक्राउ परेका हुन्।

प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...