डोटीमा अब प्रत्येक महिनाको दुई दिन बजार बन्द हुने

डोटीमा उद्योग बाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ। उद्योग बाणिज्य संघकाअनुसार हरेक महिनाको १० र २५ गते व्यापार व्यवसाय बन्द हुनेछ। सोमवार डोटी उधोग बाणिज्य संघको आव्हानमा बसेको बैठकमा व्यापारीहरूको आम भेलाले बजार बन्द गर्न दबाव दिएको थियो।

डोटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले आम व्यापारी बजार बन्दका लागि एकमत भएपछि आउँदो २५ गतेबाट पूर्ण कार्यान्वयन हुने गरि संघले निर्णय गरेको बताए। पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनोरञ्जनको आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गरिएको हो। संघले होटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसल जस्ता अत्यावश्यक पसलहरूबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ।

उद्योग बाणिज्य संघले पसल खोल्ने व्यापारीलाई दुई हजार पाँच सय जरिवाना तोक्ने निर्णयसमेत गरेको छ। साथै व्यापारी नर बहादुर खड्काको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति समेत गठन भएको संघका वरिष्ठ उपाध्यक्ष प्रेम भण्डारीले बताए।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...