सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ ।

पछिल्लो पटक गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...