बझाङ अस्पतालमा नाक, कान,घाँटी रोगको विशेषज्ञ सेवा सुरु

जिल्ला अस्पताल बझाङमा विशेषज्ञसहितको नाक, कान, घाँटी रोगको सेवा सुरु भएको छ। नाक, कान, घाँटीको नियमित सेवा दिन नसकेको अस्पतालले अब नियमित सेवा दिने भएको हो।

नाक, कान, घाँटी रोग सम्बन्धी सर्जन डाक्टर धिरज बिसँख जिल्ला अस्पताल बझाङमा आएका छन्। उनले जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा दिने भएका हुन्। उनको जिल्ला अस्पतालका कर्मचारी, स्वास्थ्य कार्यालय बझाङका कर्मचारीहरूले स्वागत समेत गरेका छन्। जिल्ला अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य उपचार सेवा दिदै आएका छन्। अस्पतालमा हाडजोर्नी सम्बन्धी डाक्टर इन्द्र शाह, नाक, कान, घाँटी रोग सम्बन्धी सर्जन डाक्टर धिरज बिसँखले सेवा दिदैछन्। स्त्री रोग विशेषज्ञ र बालरोग विशेषज्ञ डाक्टर समेत आउने जिल्ला अस्पतालले बताएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...