भारतबाट फर्किएका थप २ जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीवार भारतबाट फर्किएका ६० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार सुदुरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिएको छ। हिजो(बुधवार) पनि २ जनामा कोरोना संक्रमण देखिएको थियोे।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...