डाक्टर गोविन्द केसी ७२ घण्टाको अनशन तोडेर सेती अस्पतालमा भर्ना

डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।

धनगढीमा ७२ घण्टा अनशसन बसेका डाक्टर केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। अनशन तोडेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए।

स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए। सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो। सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका थिए।

डाक्टर केसीले प्रमुख दुई बुँदे माग राख्दै धनगढीमा अनशन बसेका थिए। सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुगाउनुपर्ने उनको माग छ। साथै यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषय समेत अघि सारेर केसी अनशन बसेका थिए।

सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्ने, एक सय बेडभन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रमहरु शुरु गर्नुपर्ने माग पनि अघि सारिएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...