विवादित क्षेत्रमा चुरेले लगायो सीमा बोर्ड

कैलालीको चुरे गाउँपालिकाले आफ्नो सीमा क्षेत्रमा बोर्ड लगाएको छ। गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिका बिच लामो समयदेखि सीमा विवाद रहेको ठाउँमा चुरेले आफ्नो पालिका अन्तर्गत वडा नम्बर ४ को सिमानामा बोर्ड लगाएको हो।
यो क्षेत्रमा पर्ने खोलानाला बाट नदीजन्य बस्तु कसले उठाउने भन्ने विषयमा चुरे र गौरीगङ्गा बिच लामो समय देखि विवाद रहँदै आएको छ। गौरीगङ्गा ले बलमिचाइ गरेर आफ्नो पालिकामा पर्ने क्षेत्रबाट नदीजन्य बस्तु उठाउने गरेको भन्दै चुरे गाउँपालिकाले अदालतमा मुद्दा समेत दायर गरेको छ। गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी ले बताउनुभयो ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...