टीकापुर अस्पतालले माग्यो ९ जना कर्मचारी

टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ। अस्पतालले आइतवार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो।

अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ। यस्तै मेडिकल अधिकृत आठौँै तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...