ऐश्वर्य क्याम्पसका तीन जना प्राध्यापकलाई राजिनामा दिन अल्टिमेटम

कैलालीको धनगढी स्थित हसनपुरमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना प्राध्यापकको राजिनामा माग गरिएको छ। आइतवार तीनै जना प्राध्यापकले स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष कमल न्यौपानेलाई भौतिक आक्रमण, गाली- गलौज र धम्की दिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले राजिनामा मागेको हो।

मंसिर २२ गते क्याम्पसमा पठनपाठन अवरुद्ध गरेर क्याम्पसकै एक जना प्राध्यापकको विहेको भोज खान सम्पूर्ण प्राध्यापकहरू क्याम्पसको बस प्रयोग गरेर गएको भन्दै सामाजिक सञ्जालमा लेखेको भन्दै तीन जना प्राध्यापकले न्यौपानेलाई दुर्व्यवहार गरिएको स्ववियु अध्यक्ष कुबेर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य क्याम्पस इकाइ कमिटीले निकालेको विज्ञप्तिमा सहायक क्याम्पस प्रमुख नरेश पन्त, विभागीय प्रमुख खेमराज पन्त र टेक अधिकारीले न्यौपानेलाई भौतिक आक्रमण, गाली-गलौज र धम्की दिएको उल्लेख गरिएको छ।
स्ववियु र अनेरास्ववियु क्याम्पस इकाइ कमिटीले तीनै जना प्राध्यापकले २४ घण्टा भित्र पदबाट राजिनामा दिन अल्टिमेटम दिएका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...