कैलालीको चुरेमा हुने भलिबलको तयारी पुरा, सामाजिक बिकास मन्त्री साउँदले उद्धघाटन गर्ने

कैलालीमा भोली बाट खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्लाको चुरे गाउँपालिकामा हुने भलिबल प्रतियोगिताको तयारी पुरा भएको अयोजकले जनाएको छ।

बसर युवा क्लब चुरेले प्रतियोगिताको आयोजना गर्न लागेको हो। खेल भोली ९ बजे सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले उद्धाटन गर्ने क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए। बडीकेडार निर्माण सेवा प्रा लि को मुख्य प्रायोजकमा भलीबल प्रतियोगिता मंसिर २३ गते (भोली) देखी हुने आयोजकले जनाएको छ।

खेलकुदनै समृद्ध चुरे विकास र पर्यटनको मुख्य आधार’ भन्ने मूल नाराका साथ चुरे गाउँपालिकाको सर्वाधिक धन राशिको खुल्ला भलिबल प्रतियोगिता चुरे कप २०८० हुन लागेको हो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...