जोशीपुर गाउँपालिकामा एकीकृत स्वास्थ्य सिविर सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा मङ्सिर १२ गतेदेखि सुरु भएको एकीकृत स्वास्थ्य सिविर मङ्सिर १८ गते सम्पन्न भएको हो।

जोशीपुर गाउँपालिका वडा नम्बर १ मा रहेको महोन्याल मा . वि जोशीपुरबाट एकीकृत स्वास्थ्य सिविर सुरु भएको थियो । क्रमश पालिकाको ७ वडामा सिविर सञ्चालन भएको हो अन्तिम दिन वडा नम्बर पाँच मा रहेकोे जनता मा वि मैनपोखरी मा भएको थियो ।

सिविरमा (३६७८) जना सेवाग्राही हरुले सेवा लिएका थिए जसमध्ये आँखा जाच उपचार सेवा १९०३ , आँखाको अपरेसनको लागी छनोट ३३५ , चस्मा वितरण गरिएको संख्या १०५ , दाँत जाच तथा उपचार सेवा ४४८, जरनल ओ पि डि सेवा १९०८,, बाल रोग विशेषज्ञ सेवा ११६,स्त्री तथा प्रसुती सेवा २६२,, जरनल फिजिसियन MDGP सेवा १७८ , हार्डजोर्नी तथा नशा रोग सम्बन्धि विशेषज्ञ सेवा १९१, सुगर जाँच सेवा ४२२,कान जाँच उपचार सेवा ५८१, कानको अपरेसन को लागी छनोट संख्या १०९, कानको मेसिन वितरण संख्या ३४ ,असक्त तथा अपाङ्गता भयका ब्याकती हरुको लागि एम्बुलेन्स सेवा १२ ,पाठेघर को मुखको क्यान्सर को जाच ३३ , पाठेघर को पहिलो मुखको क्यान्सर पोजेटिभ संख्या २ जना ले सेवा लिएका थिए स्वास्थ्य शाखा प्रमुख निर्प चौधरीले जानकारी दिनुभएको हो ।

हिजो एक कार्यक्रमका बीच जोशीपुर गाउँपालिका ले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा योगदान गर्नु हुने घोडाघोडी अस्पताल प्रा लि र जोशीपुर आँखा अस्पताल , बागेश्वरी यिर सेन्टर ,प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुरका शाखा प्रभु लगायत लाई सम्मान सहित प्रशंसा पत्र समेत पर्दान गरिएको थियो

शिविरमा आउने सेवाग्राही हरु निकै खुशी भएका थिए अझै यस्ता कार्यक्रम अरु बेला बेला आइरहेको हामीले हेर्न चाहान्छौ समेत उनीहरुको भनाइ रहेको थियो

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...