नयाँ नेतृत्व चयन गर्दै NELTA को ११ औं साधारण सभा सम्पन्न

रमित पाण्डे
नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालिको एघारौं बार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको आफ्नै कार्यालय भवन, शिवनगर धनगढीमा शुक्रबार सम्पन्न भएको छ ।
नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल रहनु भएको थियो । नेल्टाका सचिव धर्मदेव नौन्यालले सञ्चालन गरेको कार्यक्रममा नेल्टा, कैलालीका पुर्व अध्यक्ष तथा सल्लाहाकार यज्ञराज पाण्डेय र केशव दत्त भट्ट विशिष्ट अतिथि, सुदूरपश्चिम प्रदेश नेल्टाका सह–सचिव अर्जुन रजवार, कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापकहरु मोहन सिङ साउँद, डा. हरिचन्द्र कमली र सिताराम भट्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ दोसल्ला सहित प्रसङ्सा पत्र प्रदान गरि सम्मान गरिएको थियो । साथै ऊक्त कार्यत्रममा कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापक मोहन सिङ साउँदले Cultural Pedagogy in ELT बिषयमा एक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
एघारौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि धर्मदेव नौन्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम के.सी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिङ साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल रहनु भएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...