डिजेल, पेट्रोलको मूल्य घट्यो 

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

गएदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल–मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ

यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ।आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ। तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।

हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ। यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको प्रवक्ता मनोज ठाकुरले जारी विज्ञप्तिमा उल्लेख छ। लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको छ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...