कैलालीको घोडाघोडीमा १२ मुक्तकमैया परिवारलाई सुरक्षित आवास

कैलालीको घोडाघोडीका १२ मुक्तकमैया परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई सुरक्षित आवास हस्तान्तरण गरिएको हो।

सीमान्तकृत वर्गका १२ परिवारलाई मङ्गलवार सुरक्षित आवास हस्तान्तरण गरिएको छ। घोडाघोडी नगर प्रमुख खडकबहादुर रावतले ती परिवारहरूलाई मङ्गलवार एक कार्यक्रमबिच आवास हस्तान्तरण गरेका हुन्।

सृष्टिनगर मुक्त कमैया बस्तीमा दुई वटा पक्की कोठा र शौचालयसहित १२ वटा आवास निर्माण गरिएका छन्। घोडाघोडी नगरपालिकाको ४२ लाख, सुरक्षित आवास परियोजना ह्याविट्याट÷राष्ट्रिय दलित नेटवर्क नेपालबाट २४ लाख रुपैयाँको लागतमा सुरक्षित आवास निर्माण गरिएको हो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...