अनुदानमा विद्युतीय चुलो वितरण गर्दै धनगढी उपमहानगर

धनगढी उपमहानगरकालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण गर्ने भएको छ।

आइतबार एक सूचना जारी गर्दै उपमहानगरभित्र बसोबास गर्ने नगरबासीलाई विद्युतीय चुलो वितरण गर्ने भएको हो। उपमहानगरकालिकाले नविकरणीय उर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत सहभागितामूलक विद्युतीय चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए

उपमहानगरभित्र बसोबास गर्ने नगरवासीका लागि केही शर्तहरू पनि तोकिएको छ। विद्युतीय चुलोका लागि नगरबासीले यहीँ मंसिर १८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। वडा कार्यालयको सिफारिससहित निवेदन दिनुपर्ने र उक्त कार्यक्रममा लागतको ३० प्रतिशत रकम स्वयंमले नगदै व्यहोर्नुपर्नेछ। तीन हजार एक सय पर्ने विद्युतीय चुलोलाई उपमहानगरकालिकाले एक हजार एक सयमा दिने नगरप्रमुख गोपाल हमालले बताए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...