टीकापुर पार्कमा शनिवार मात्र १० हजार ६ सय पर्यटक भित्रिए

कैलालीस्थित टीकापुर पार्कमा शनिवार मात्र १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिवार एकै दिन टीकापुर पर्कमा १० हजार ६ सय पर्यटकले अवलोकन गरेका हुन्।

दसैँ र तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक टीकापुर पार्कमा बढेका छन। शनिवार पर्यटकबाट तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ। पार्कमा यही मङ्सिर १ गते एक लाख राजस्व सङ्कलन भएको थियो। पार्कमा दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ।

पर्यटकहरू पार्कमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन्। थरीथरीका व्यक्ति, थरीथरीका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ। पार्कका इन्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताए। इन्चार्ज कुँवर पार्क किनारमा रहेको कर्णाली नदीर्मा राफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेका बताउछन्।

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ। पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ। बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ। पार्कभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य पार्क लगायतका संरचना अवलोकन गर्नेहरू पनि त्यत्तिकै छन्। शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी(बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...