अन्तर बैङ्क फुटसल प्रतीयोगीतामा NIC Asia प्रथम

धनगढी : नेपाल राष्ट्र बैंक कर्मचारी संघले आयोजना गरेको अन्तर बैङ्क फुटसल प्रतीयोगीताको आज समापन भएको छ। यही कार्तिक १७ र १८ गते धनगढीमा भएको उक्त प्रतियोगितामा विभिन्न बैङ्कका २० वटा टिमको सहभागिता रहेको थियो। २० वटा टिम मध्ये मुख्य प्रायोजकको रुपमा रहेको NIC Asia बैङ्कको टीम प्रथम भएको छ। हिमालयन बैंकलाई ४/२ को अन्तरले पराजित गर्दै NIC Asia प्रथम भएको हो। प्रथम टिमलाई नगद रू २५००० सहित ट्रफि प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी प्रतियोगितामा हिमालयन बैङ्क द्वितीय भएको छ। खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोल गर्ने खेलाडीलाई समेत नगद सहित सम्मान गरिएको छ। विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना तथा बैंकिंगसङ्गै खेल क्षेत्रमा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले उक्त प्रतियोगितामा आयोजना गरिएको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...