राति ११:४८ बजे जाजरकोट जिल्ला केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षति प्रति गम्भीर हुँदै सुदुरपश्चिम प्रदेश सरकारको आकस्मिक मन्त्रिपरषदको बैठक बसेको छ। बैठकले भूकम्पबाट भएको क्षति प्रति दुःख प्रकट गर्दै सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट रू एक करोड सहित आकस्मिक सुविधाका लागि अन्य भौतिक सहयोग र केही विशेषज्ञ डाक्टरहरुको टोली उक्त क्षेत्रमा पठाउने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको छ । रातिको भूकम्प बाट करिब १३० जनाले ज्यान गुमाइसकेको र थप मानवीय क्षति भएको अनुमान गरिएको छ।
