रेशम चौधरीको अन्तिम सुनवाइ कार्तिक २३ गते

सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्धाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाईएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्धाको अन्तिम सुनवाई कार्तिक २३ गते हुदैँछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले दिएको मुद्धाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो । कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले बिधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षवाट निःशुल्क वकालत गर्दै आएका छन ।

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफनो कार्यकालभरी थुनिएका थिए । तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो । जसको बिरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनवाई हुन लागेको हो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...