नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस लुम्बिनीमा पुगेकाछन् । विगत केहीदिनदेखि नेपाल भ्रमणमा रहेका गुटेरेस नेपालका उच्च राजनीतिज्ञ हरुसङ्गको भेटपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्न पुगेका हुन् ।
