इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका सुदुरपश्चिम विश्वविद्यालय कृषि संकायका १० जना विद्यार्थीहरूको सम्झनामा जोशीपुरमा थारु विद्यार्थी संघ कृषि संकाय टीकापुर र जोशीपुरका युवाहरुको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको छ। जोशीपुर गाउँपालिका वाड नं ५ मा घर भएका आशिष चौधरी र उनका अन्य ९ जना साथीहरुको चिरआत्म शान्तिको लागि दीप प्रज्वलन गरिएको आयोजक टिमका आशिषका साथी समेत रहेका अभिमन्यु चौधरीले जानकारी दिएकाछन् । कार्यक्रममा इजरायल बाट फर्किएका घटनाका प्रत्यक्षदर्शी कृषि संकायका विद्यार्थीहरु कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी, टीकापुर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष नृप थापा वीरेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष लगाएत जोशीपुरका युवा, विद्यार्थी, व्यापारी, बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो। सोही घटनामा अझै सम्म बेपत्ता रहेका विद्यार्थी विपिन जोशीको खोजी गरी मृतकका परिवारलाई सरकार पक्षले सहयोग गर्नुपर्ने माग समेत गरिएको छ।
