धनगढीमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल प्रतीयोगीता आयोजना गर्ने भएको छ।”खेलकुद मार्फत निर्माण गरौ मैत्रीपूर्ण व्यवहार, दिगो र विश्वसनीय बैंकिङको आधार” भन्ने मुल नारा सहित उक्त प्रतियोगिता आयोजना गरिएको हो । कार्तिक १७ र १८ गते सञ्चालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक NIC Asia बैंक रहेको छ भने नवजीवन सहकारी संस्था सह प्रायोजकको रुपमा रहेको छ। बैंकिङ्ग सङ्गै खेल क्षेत्रमा पनि सहभागिता र खेलको विकासको लागि उक्त प्रतियोगिता आयोजना गरिएको राष्ट्र बैङ्क कर्मचारी संघले जनाएको छ।
