जोशीपुर गाउँपालिका अध्यक्ष को भिडियो भाइरल

कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष को भिडियो यतिखेर सामाजिक संजाल मा भाइरल बनिरहेको छ

गत कात्तिक १० गते शनिबारका दिन जोशीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेकोे शंकर सामुदायिक बन उपभोक्ता समुह को सार्बजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नु भएका अध्यक्ष साझ खानपिन मा समेत सहभागी भए

गाउँपालिका अध्यक्ष सोही दिनको साझ रक्सीको तालमा मज्जाले मातिएको भिडियो पंकज चौधरी फेसबुक आइडी बाट सार्वजनिक भएको छ

अध्यक्ष चौधरी रक्सीको तालमा मज्जाले मातिएको देखिन्छन् सँगै अन्य ब्याक्तिहरु समेत त्यहाँ नाचिरहेका छन् त्यसै बीचमा एकजना महिला समेत बियर को बोतल हातमा लिएर (पिउदिन भन्दाभन्दै पिलायो साथिले ) भने गितको बोलमा,, सँगै रक्सीको तालमा मातिएर नाचेको देखिन्छ अध्यक्ष चौधरीले संगै नाचिरहेकी महिलाको शरीरमा अङ्गगालो हाल्दै नाचेको समेत प्रष्ट देखिन्छ

सार्बजनिक पदमा बसेका मान्छेले नै यस्तो किसिमको हर्कत गरेको भन्दै स्थानीय द्वारा सामाजिक संजाल तातिरहेको छ । उहाँ समग्र जोशीपुर गाउँपालिका को अभिभावक पनि हो अभिभावकलेनै यस्तो किसिमको हर्कत गरेका छन् भने अन्यले कस्तो शिक्षा पाउलान् । भने पनि प्रश्न उठन थालेको छ

यो बिषयमा अध्यक्ष सँग बुझदा उनको प्रतिक्रिया भने सामान्य रमाइलो गरेका थियौ ।कसैले मलाई गिराउन खोज्छ भने मेरो भनु केही छैन भन्दै प्रश्नको जवाफ दिएका छन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...