कैलालीमा छोराले गरे आफ्नै बुवाको हत्या

कैलालीमा एक जनाले आफ्नै बुवाको हत्या गरेको विषय बाहिर आएको छ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको हो। आफ्नै ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति पक्राउ गरेको छ।

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...