जोशीपुर गाउँपालिका वाड नं ७ को खेलकुद कार्यक्रम उद्घाटन

कैलालीको जोशीपुर गाउँपालिका वाड नं ७ को खेलकुद कार्यक्रम उदघाटन तथा खेल सामाग्री हस्तन्तरण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयले खेलकुदका लागि छुट्याएको बजेट बाट वडा स्तरीय फुटबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वाड नं ७ मा रहेको बौनिया युवक्लनको सहकार्यमा उक्त कार्यक्रम हुन गइरहेको हो । रघुनाथ आदर्श मा.बि. को खेल मैदानमा वौनियाँ युवा क्लवका सचिव श्री खुशीराम चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा जोशीपुर गाउँपालिका ७ नं. वडाका वडा अध्यक्ष बम बाहादुर शाह प्रमुख अथिती रहनुभएको थियो भने जोशीपुर गाउँपालिका गाउँ कार्यपालिका सदस्य श्री ईशरा कुमारी टमट्टा, जोशीपुर गाउँपालिका ७ नं. वडा सदस्य श्री हिरा प्रसाद चौधरी, जोशीपुर गाउँपालिका ७ नं. वडा सचिव श्री भुवन पाठक, जोशीपुर गाउँपालिका ५ नं. वडा सचिव श्री मनोज कुमार चौधरी, कैलाली बहुमुखी क्याम्पस धनगढीका स्व.बि.यु. सभापति यमराज जोशी लगाएत वडा भरिका खेलाडीहरूको उपस्थितिमा कार्यक्रम भएको थियो । उक्त प्रतियोगिता ३ दिन सम्म संचालन हुनेछ। प्रतियोगितामा वडा भित्रका बिभिन्न टोलबाट ८ वटा टिम दर्ता भएकाछन् ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...