इजरायलमा मारिएका आशिषको कैलालीमा अन्त्येष्टि

इजरायलमा मारिएका आशिष चौधरीको सोमवार कैलालीमा अन्त्येष्टि गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँका २६ वर्षीय आशिष चौधरीको सोमवार सोहि गाउँको घैला खोलामा अन्त्येष्टि गरिएको हो।

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका चौधरीको हमासको आक्रमणमा परेर मृत्यु भएको हो। मृत्यु भएकाध्ये चार जनाको शवसहित चौधरीको शवलाई पनि हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो। हिजो शव पाएका परिवारले आज चौधरीको अन्त्येष्टि गरेका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...