मनाङ एयरको हेलिकप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ।

लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको हो।

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। हेलिकप्टरमा उनी एक्लै थिए।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो। उनलाई काठमाडौं ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको भुलले जानकारी दिए।

दुर्घटनाको कारण भने खुलिसकेको छैन।

‘मौसम ठिकै थियो। तर के कारण दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान पछी थाहा हुन्छ’ भुलले भने

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...