स्थानीय तहका कर्मचारीद्वारा पालिकाको अति आवश्यक सेवा बाहेक अन्य कामकाज ठप्प

एक साता अघिदेखि आन्दोलन थालेका जिल्लाको भजनी नगरपालिका स्थानीयतहका कर्मचारीले अनिश्चितकालिन पेन डाउन गरेपछि पालिकाको कामकाज ठप्प भएको छ

संघीय निजामती विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्ना मागहरु प्रति सरकारले कुनै सम्बोधन नगरेको भन्दै पेन डाउन गरेका हुन् ।

स्थानीय तहका कर्मचारीले संघ, प्रदेश तथा स्थानीयतह सबै तहका कर्मचारीलाई समावेश गर्नुपर्ने, एकिकृत निजामती ऐन बनाउन], सेवा सुविधा समान गर्ने, सरुवा सबै तहमा हुनु पर्ने, प्रदेशबाट संघमा जान नपाउने निर्णय खारेज गर्नु पर्ने, स्वास्थ्य सेवा समान हुनु पर्ने, बढुवा समान, अन्तर प्रदेश सरुवा, स्थानीयतहका अधिकृत प्रमुख प्रशासकिय अधिकृत हुन पाउनु पर्ने, तालिममा विभेद गर्न नपाउने जस्ता माग राखेका थिए ।

कर्मचारीले पेन डाउन गरेपछि पालिकाको कार्यालयको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ । सेवाग्राहीहरु समस्यामा परेका छन् । कर्मचारीको आन्दोलनका कारण पालिकाको कार्यालय समेत सुनसान भएका छन् । विभिन्न कामकाजको लागि पालिकाको कार्यालय पुगेका सेवाग्राहीहरु त्यत्तिकै घर फर्कन बाध्य हुँदै आएका छन् ।

आफना मागहरुको बारेमा सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको र पेन डाउन गरी कामकाज ठप्प पारेको स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक अनि श्रेष्ठ ले बताए । माग पुरा नहुँदा सम्म पेन डाउन हुने र कामकाजमा नफर्किने उनले जानकारी गराए । ‘हामी सबै नेपाल सरकारका कर्मचारी हौ तर हामीलाई संघीय निजामती ऐनले छुटयाउने प्रयास गरेको छ । यो मान्य हुँदैन’ उनले भने ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...