स्थानीय तहका कर्मचारीद्वारा पालिकाको अति आवश्यक सेवा बाहेक अन्य कामकाज ठप्प

जोशीपुर — एक साता अघिदेखि आन्दोलन थालेका जिल्लाको जोशीपुर गाउँपालिका स्थानीयतहका कर्मचारीले अनिश्चितकालिन पेन डाउन गरेपछि पालिकाको कामकाज ठप्प भएको छ

संघीय निजामती विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्ना मागहरु प्रति सरकारले कुनै सम्बोधन नगरेको भन्दै पेन डाउन गरेका हुन् ।

स्थानीय तहका कर्मचारीले संघ, प्रदेश तथा स्थानीयतह सबै तहका कर्मचारीलाई समावेश गर्नुपर्ने, एकिकृत निजामती ऐन बनाउन], सेवा सुविधा समान गर्ने, सरुवा सबै तहमा हुनु पर्ने, प्रदेशबाट संघमा जान नपाउने निर्णय खारेज गर्नु पर्ने, स्वास्थ्य सेवा समान हुनु पर्ने, बढुवा समान, अन्तर प्रदेश सरुवा, स्थानीयतहका अधिकृत प्रमुख प्रशासकिय अधिकृत हुन पाउनु पर्ने, तालिममा विभेद गर्न नपाउने जस्ता माग राखेका थिए ।

कर्मचारीले पेन डाउन गरेपछि पालिकाको कार्यालयको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ । सेवाग्राहीहरु समस्यामा परेका छन् । कर्मचारीको आन्दोलनका कारण पालिकाको कार्यालय समेत सुनसान भएका छन् । विभिन्न कामकाजको लागि पालिकाको कार्यालय पुगेका सेवाग्राहीहरु त्यत्तिकै घर फर्कन बाध्य हुँदै आएका छन् ।

आफना मागहरुको बारेमा सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको र पेन डाउन गरी कामकाज ठप्प पारेको स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक भुवन पाठक ले बताए । माग पुरा नहुँदा सम्म पेन डाउन हुने र कामकाजमा नफर्किने उनले जानकारी गराए । ‘हामी सबै नेपाल सरकारका कर्मचारी हौ तर हामीलाई संघीय निजामती ऐनले छुटयाउने प्रयास गरेको छ । यो मान्य हुँदैन’ उनले भने ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...