इजरायलमा बेपत्ता भएका बैतडी रिमका विपिन आए सम्पर्कमा

प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन्।बैतडी दोगडाकेदार गाउँपालिका-१ रिमका जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन्। शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताईएको छ । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको थियो।

सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका थिए छोराको स-कुशलका लागि भागवनसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका थिए।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्। दुई जना भने सकुसल छन्। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन्।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...