एमाले सुदूरपश्चिमको निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित

एमालेको सुदूरपश्चिम प्रदेशको नयाँ कमिटी चयनको निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित गरिएको छ। एमालेको प्रदेश अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन्।

मङ्गलवार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमल्सिना र भरत साउँद छन्। एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ। जसमा हरिसिंह साउँद, कालीबहादुर शाही, हजारी साउँद, बलदेव रेग्मी र रणबहादुर महरा छन्।

एक जना सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। जसमा रणबहादुर चन्द, राजेशकुमार खाती र रतनराज रेग्मी छन्।

त्यस्तै, एक जना उपसचिव (महिला) का लागि भागरथी विष्ट तिमल्सिना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन्। एकजना उपसचिव (खुला)का लागि अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन्।

मङ्गलवार बिहान ७ः३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो। एमाले स्रोतका अनुसार बुधवार मात्र मतदान हुने छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...