इजरायलमा सुदूरपश्चिमका विद्यार्थीको दर्दनाक पीडा, ७ जना मारिए

सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ७ विद्यार्थी मारिएका छन्।

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परेर सुदूरपश्चिमबाट गएका ७ विद्यार्थी मारिएका हुन्। मारिनेमा सबै छात्र हुन्। इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरेर सुदूरपश्चिमका ७ सहित १० जना मारिएको पुष्टि गरेको छ। एक जना बेपत्ता छन्। घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सकुशल छन्।

मृतकको शव नेपाल पठाउनका लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ। मारिनेमा घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन्।

स्थानीय अस्पतालमा टीकापुर–९ कैलालीका धनबहादुर चौधरीको उपचार भइरहेको छ। साथै भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपिन जोशी बेपत्ता छन भने त्रिशक्ति–४ भजनी कैलालीका वीरेन्द्र चौधरी सुरक्षित छन्। ती विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए।

मारिएका छन्। आशिष ११ महिनापछि इजरायलबाट फर्किने गरी गएका थिए।
छोरासँग सम्पर्क टुटेपछि जोशी परिवारमा रुवावासी
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ। शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा निकै चिन्तामा छिन्। शिक्षण पेशामा संलग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए। आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउछिन्।

बुबा शिक्षणको क्रममा बझाङमा छन्। आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन्। विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए। शनिबारदेखि बेपत्ता उनको अवस्था अझै अज्ञात छ। परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ। इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका छन्।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...