
कैलालीको जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्वारा मा रहेको पथरैया सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाको हिजो बिहीबार २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ

संस्थाका अध्यक्ष जंग बहादुर थारु को सभाअध्यक्षयमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ,,भने विशिष्ट अतिथि राष्ट्रिय सिचाई महासंघ सुदुरपश्चिम प्रदेश का अध्यक्ष दामोदर खड्का , मोहना पथरैया सिचाई आयोजना डिभिजन कार्यलय धनगढी शाखा प्रमुख रुपेश भट्टराई ,बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी ,,पथरैया सिचाई प्रणाली उपभोक्ता निवर्तमान अध्यक्ष प्रेम चौधरी ,,लगायत पुर्वी पश्चिम् शाखा अध्यक्ष साधारणसभा सदस्य ,,प्रहरी कार्यलय बर्दगोरिया प्रतिनिधि को उपस्थिति रहेकोे थियो
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रेखा कुमारी चौधरीले आर्थिक बर्ष २०७९/२०८० 9,516,846,, आ.व प्रस्तुत गर्नुभएको थियो

कार्यक्रममा विभिन्न विभिन्न ब्याक्ती हरुले आफ्नो धारणा राखेका थिए तर सबैको प्रश्न घुमाई फेराइ यौटै रहेकोे थियो पथरैया सिचाई प्रणाली जल उपभोक्ता समितिले बार्षिक रूपमा कारोबार करिब ५ करोड को गर्छ तर आ.व जम्मा 9,516,846 किन र कसरी गर्यो अरु कहाँ गयो।

साधारणसभा सदस्य विनोद चौधरीले बोल्दै आज यो संस्थाले सुरुमा योगदान गर्ने ब्याक्ती हरुलाई भुल्दै गएको छ ,,,र के हामी साधारणसभा सदस्य हरु यहाँ ताली बजाउन मात्रै आएका हौं ;बर्ष मा एकचोटी पनि साधारणसभा सदस्यलाई बैठकमा बोलाईदैन एकासी साधारणसभा को दिनमात्र किन बोलाईन्छ उनले भने
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष एवम् कार्यक्रम का प्रमुख अतिथि गणेश राज गिरि ले यस् बर्दगोरिया गाउँपालिले र हामीले यस् संस्थालाई गर्नुपर्ने सहयोग के होत आखिर कहाँ जानुपर्ने होत हामी तयार रहेका छौँ तर संस्थाले किसान् को हितमा निरन्तर काम गर्नुपर्छ किसानलाई समयमा पानीको ब्यबस्था गरिदिनुपर्छ हामी सहयोग को लागि पछि नपर्ने उनले बताए ।

संस्थाका उपाध्यक्ष ओम विनाडी को स्वागत मन्तव्य सगै अगाडि बढेको कार्यक्रम संचालक संस्थाकी सचिव सोविता चौधरीले गरेकी थिएन ।