बझाङ भूकम्पका पीडितलाई राष्ट्रिय युवा संघ द्वारा राहत वितरण

बझाङका भूकम्प पीडितलाई नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघले राहत उपलब्ध गराएको छ । राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा बझाङका निवर्तमान इन्चार्ज लोकेश सिंह, जिल्ला अध्यक्ष संसार खड्का, नरेश सिंह, आकाश जेठारा लगाएतका युवाहरूले पीडितलाई राहत उपलब्ध गराएका हुन् ।

पूर्ण रुपमा घरमा क्षति भएर खान तथा बस्नका लागि समस्या भएका १सय भन्दा बढी पीडित परिवारलाई राहत दिइएको हो ।

मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा बझाङ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यहाँ सयौँ घरहरूमा क्षति पुगेको छ । भूकम्प पीडितलाई ७० बोरा चामल ५० वटा त्रिपाल ५० वटा फिना लगाएतका १ लाख ८० हजार बराबरका राहत सामाग्री प्रदान गरिएको राष्ट्रिय युवा संघले जनाएको छ ।

भूकम्पले घरमा क्षति पुराएर खुल्ला आकाश मुनि बस्न बाध्य भएकाहरूले तत्कालको लागि राहत पाएपछि राष्ट्रिय युवा संघलाई धन्यवाद दिएका थिए । उनीहरुले सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको गुनासो गरे ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...