बोगटानको सिमचौरका २३ परिवारलाई सोलार वितरण

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौरका २३ परिवारलाई सौर्य ऊर्जा (सोलार) वितरण गरिएको छ । बुधवार गैर सरकारी संस्था आरसिडिसी तथा युएमएनको आर्थिक सहयोग र वडा कार्यालयको सहकार्यमा प्रति परिवार ५० वाटको एक गरेर २३ सोलार वितरण गरिएको हो ।

आरसिडिसी तथा युएमएनको संयुक्त परियोजना जलवायु परिवर्तन न्यूनीकरण अन्तरगत वडाका एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारको छनोट गरेर सोलार वितरण गरिएको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिए । वडाका नागरिक विद्युत्को पहुँच भन्दा बाहिर रहेकाले उनीहरूको टुकी बालेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी सोलार वितरण गरिएको वडा अध्यक्षले बताए । सोलार पाएपछि स्थानीय खुसी भएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...