बोगटानको सिमचौरका २३ परिवारलाई सोलार वितरण

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौरका २३ परिवारलाई सौर्य ऊर्जा (सोलार) वितरण गरिएको छ । बुधवार गैर सरकारी संस्था आरसिडिसी तथा युएमएनको आर्थिक सहयोग र वडा कार्यालयको सहकार्यमा प्रति परिवार ५० वाटको एक गरेर २३ सोलार वितरण गरिएको हो ।

आरसिडिसी तथा युएमएनको संयुक्त परियोजना जलवायु परिवर्तन न्यूनीकरण अन्तरगत वडाका एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारको छनोट गरेर सोलार वितरण गरिएको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिए । वडाका नागरिक विद्युत्को पहुँच भन्दा बाहिर रहेकाले उनीहरूको टुकी बालेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी सोलार वितरण गरिएको वडा अध्यक्षले बताए । सोलार पाएपछि स्थानीय खुसी भएका छन् ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...