तीन दिन धान नकाट्न धनगढी उपमहानगरको आग्रह

धनगढीः तीन दिन धान नकाट्न धनगढी उपमहानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।

आज (सोमबार) देखि बुधबार (असोज १७ गते) सम्म धान नकाट्न नगरवासीलाई उपमहानगरपालिकाले आग्रह गरेको हो। १७ गते बुधवारसम्म पानी पर्ने सक्ने सम्भावना देखिएकाले नगरभित्रका कृषकहरुलाई सचेत तथा सजग रहन समेत आग्रह गरिएको छ।

साथै काटेको धानवाली भित्र्याउन र खेतमै रहेको धानबाली तत्काल नकाट्न नगरवासीलाई अनुरोध गरिएको छ। स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले पाकेको धानबाली जोगाउन तत्काल नकाट्न आग्रह गरेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...