तीन दिन धान नकाट्न धनगढी उपमहानगरको आग्रह

धनगढीः तीन दिन धान नकाट्न धनगढी उपमहानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।

आज (सोमबार) देखि बुधबार (असोज १७ गते) सम्म धान नकाट्न नगरवासीलाई उपमहानगरपालिकाले आग्रह गरेको हो। १७ गते बुधवारसम्म पानी पर्ने सक्ने सम्भावना देखिएकाले नगरभित्रका कृषकहरुलाई सचेत तथा सजग रहन समेत आग्रह गरिएको छ।

साथै काटेको धानवाली भित्र्याउन र खेतमै रहेको धानबाली तत्काल नकाट्न नगरवासीलाई अनुरोध गरिएको छ। स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले पाकेको धानबाली जोगाउन तत्काल नकाट्न आग्रह गरेको छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...