जोशीपुरमा दिउँसै घर पसलमा हुन थाल्यो चोरी

कैलालीको जोशीपुर गाउँपलिका भित्र हिजोआज चोरीकाघटना दिनप्रतिदिन बढिरहेका छन् ! वडा नम्बर ७ घैला बौनियाँमा हिजो करिब बिहान ९ बजेको समयमा सीता श्रेष्ठ को घरभित्र बाट चार्जमा लगाएको एकथान मोबाइल र राधा चौधरीको किराना पसल को काउन्टर बाट करिब १० हजार नगद चोरी भएको पीडित पक्षले जानकारी दिएको छ ।

आज फेरि वडा नं. २ वरगदही निवासी सुरत चौधरीको घरको भित्ता फोडी घरभित्रबाट १३ आना सुनका गहना सहित नगद चोरी भएको छ। विहान करिव १०:३० बजे देखि ११:१५ बजेको विचमा चोरी भएको घरमुलि सुरत चौधरी कि श्रीमति मिना चौधरीले बताउनु भयो । १० बजे श्रीमान् विद्यालय गएको र आफु १०:३० बजे गाउँमा बैठकमा गएको बेला चोरी भएको उहाँले बताउनु भयो ।

बैठकबाट करिव ४५ मिनेटको समयमा चोरले घरको भित्ता काटी दराजलाई घर भित्र राखिएको हसिया (बाँका) ले ताला टुटाई चोरी गरिएको छ। दुई वर्ष सम्म खुत्रुकेमा जम्मा गरिएको ५ हजार रुपैया र ३ हजार रुपैया व्यागको खल्टीबाट , भरखरै बनाएको १३ आना सुनको गहना र नगद ८ हजार रुपैया चोरी भएको उनले बताए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय जोशीपुरको टोली र पत्रकार प्रत्यक्ष बस्तुस्थिति वुझ्न पुगेका थिए । ईलाका प्रहरी कार्यालय जोशीपुरले उक्त घटनाको छानविन गरि छिटोभन्दा छिटो दोषीलाई पत्ता लगाउने जनाएको छ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...