राष्ट्रिय युवा संघ सुदूरपश्चिम अध्यक्षमा कुँवर चयन

कैलाली । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर चयन भएका छन् ।

डोटीमा आज सम्पन्न युवा संघको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन् ।

यस्तै, अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...