
पदमराज जैशी, भजनी
कैलालीको भजनी नगरपालिका प्राथमिक स्वास्थ केन्द्र भजनिमा विगत १८ वर्ष सम्म अलपत्र परेकाे भजनी प्राथमिक स्वास्थ्य केन्द्र काे पाेष्टमार्टम सेवा आज बाट सुचारु भयकाे छ ।
नगरपालिका मेयर केवल चौधरीको सभा अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि सँघिय संसद गंगा चौधरी रहेका थिए भने विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री मा.रामेश्वर चौधरी,थिए त्यस्तै नगरपालिका उपमेयर राजु तिरुवा ,नगरपालिका प्रबक्ता एवम् वडा नम्बर तिनका अध्यक्ष बिक्रम चौधरी , वडा नम्बर एक का अध्यक्ष एवम् स्वास्थ्य चौकि अध्यक्ष धरमेन्द्र श्रेष्ठ भजनी प्राथमिक स्वास्थ्यकेन्द्र का ईन्चार्ज डा सुरेस ताम्राकार लगायत समाज सेवि बुद्धि जिविको उपस्तिथि समेत रहेकोे थियो ।
भजनी प्राथमिक स्वास्थ्य केन्द्र मा पाेष्टमार्टम काे सुवीदा ससस्त्र द्वन्द्व अगाडी नै थियोे सशस्त्र द्वन्द्व सान्तीपकृया मा आउदा २०६१ /०६२ सम्म याे सेवा सुचारु रहेको थियोे । देसले राजनीतिक यात्राकाे नयामाेड लिय सँगै विकासकाे गति खाेजेकाे भजनी प्राथामीक स्वास्थ्य केन्द्र काे अवस्था भने परीवर्तन हुन सकेन २०६२ सम्म चलेको पोष्टमार्टम बिच्चमै विविध कारणले बन्द हुन पुगेको थियो
स्थानीय तह २०७४ मा पहिलोपटक निर्बाचित भएका जनप्रतिनिधि हरुले सुचारू गर्न नसकेको पोष्टर्माट आज २०७९ सालमा निर्वाचित भएका जनप्रतिनिधिको टिम स्वास्थ्य केन्द्रका अध्यक्ष एवम् वडा नम्बर एक का अध्यक्ष , प्राथमिक स्वास्थ्य केन्द्र का इन्चार्ज समाज सेवि बुद्धि जिवि लगायत को टिमले सुचारु गर्न सफल भएको छ ।।