सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै

सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै छन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन्।

थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ। अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्।

‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ। आइतवार भन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार व्रत बस्ने गरिन्छ। व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ। तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ।

त्यसपछि, सोमवार विहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ। बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ। छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्छन्। जसलाई फरहार भन्ने गरिन्छ।

विधिपूर्वक सोमवार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ। विवाहित चेलीबेटीहरूलाई माइती घरकाले अग्रसन दिने प्रचलन थारु समुदायमा रहेको छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...