एमाले का उपाध्यक्ष नेम्मबाङको निधन,

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ।

नेम्बाङलाई सोमवार राति बालुवाटारस्थित निवासमा समस्या भएपछि राति नै शिक्षण अस्पताल लगिएको थियो।

उनको राति १ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेता नेम्बाङको निधनमा दुख व्यक्त गरेका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...